Wednesday, October 2, 2013

रहस्यमयी हिंड्ने ढुङ्गा

Posted by Unknown  
1:22 AM

ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, वैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितिका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । गि्रष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउादमा हिाउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहा पुगिसकेको छ ।

विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउाछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केही भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुादा र हल्का हिाउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविद्हरु भने यस्तो निष्कर्षमा सहमत छैनन । गि्रष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुादा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्वीकार गरेका छन् ।

त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासाग समानान्तर भएर अघि बढेको पाइन्छ । वर्षबित्दै जाादा ती ढुङ्गाहरुले पनि आˆनो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आाखाले हिाडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् ।

२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top