Wednesday, October 2, 2013

रानीपोखरीको रहस्य

Posted by Unknown  
3:41 AM

रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।

प्रताप मल्ल काठमाडौँमा प्रसिद्ध राजा हुन् । उनले काठमाडौँलाई सिगार्न धेरै काम गरेका छन् । उनले राखेका कीर्तिहरुमध्ये रानीपोखरी पनि एउटा हो । यो पोखरी बनाउन लगाई प्रताप मल्लले राख्न लगाएको एउटै बेहोराको शिलालेख तीन ठाउँमा भेटिएको छन् । वीर अस्पतालको क्याम्पसभित्रको पूर्वतिरको पर्खालनिरको शिलालेख, राष्टिय नाचघरको ढोकाको भित्तामा टाँसिएको शिलालेख र सतोदरबारभित्रको शिलालेख गरी तीन ठाउँमा भेटिएका शिलालेख एकै बेहोराका छन् । सुरुमा कालिकालाई नमस्कार र राजाको प्रशस्ति संस्कृति भाषामा, अन्समा यस कीर्तिको नाश गरे पाल लाग्ला, रक्षा गरे पुण्य होला भन्ने कुरा र मिति नेवारी भाषामा दिइएको छ । यसबाहेक सम्पूर्ण यो शिलालेख नेपाली भाषामा छ । यताबाट मल्लकालमा काठमाडौँमा नेपाली भाषाको प्रयोग राम्ररी हुन्थ्यो र प्राचीनकालदेखि विशाल रुपमा रहेको नेपाल टुक्रँदै गए पनि एक ढको एकताको सन्देश कताकता प्रवाहित भइरहेको थियो भनेर बुझ्न सकिन्छ ।

दिवङ्गत छोरा चक्रवर्तेन्द्र मल्लको पुण्यवृद्धिको लागि वि.सं. १७२७ मा प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका हुन् । चक्रवर्तेन्द्र मल्ल प्रताप मल्लका मन परेका छोरा हुन्। उनी कडा बिरामी हुँदा प्रताप मल्लले उनलाई राजा घोषणा गरी उनको नाममा टकसमेत छापिदिएका थिए चक्रवर्तेन्द्र मल्लको मृत्यु वि.सं. १७२६ मा भयो । उनको मृतयु भएपछि प्रताप मल्लको मनमा ज्यादै चोट पर्यो । आफ्नो चोटलाई शान्त गर्न र दिवंगत छोराको उद्धार होस् भनी प्रताप मल्लले चक्रवर्तेन्द्रको नाममा पोखरी बनाउन लगाए । आफूले शास्त्र हेर्दा यस्तो काम गरे पुण्य हुने हुनाले मैले यो काम गरेको हुँ भनी प्रताप मल्लले शिलालेखमा लेखाएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाएको यसपोखरीमा गङ्गा आदि तीर्थको जल राखिएको छ भनी यहाँ लेखिएको छ । वाराणसी, वैद्यनाथ, गङ्गासागर, मुक्तिक्षेत्र, सरयू, सप्तकाशी, सप्तगण्डकी, बरहाक्षेत्र आदिको जल यस पोखरीमा राखिएको कुरा यस शिलालेखमा परेको छ ।

यसको साथै काठमाडौँ वरपरका शङ्कमूल, रौदह, गोकर्ण, टेकुदोभान आदिको जल ल्याएर यहाँ राखिएको बयान परेको छ। बाग्वतीको जल १०६४१ भारी, गोसाईँकुण्डको जल ६३ भारी यस पोखरीमा हालिएको छ भनेर
पनि शिलालेखमा लेखिएको छ । प्रताप मल्ल आफू स्वयं लेखपढ गर्ने स्वभावका थिए। यसैले उनले शास्त्र पल्टाई हेर्दा पोखरी बनाएका खण्डमा असङ्ख्य पुण्य होला भन्ने उनलाई लाग्यो र नेपालका प्रसिद्ध तीर्थहरुको साथै भारतका केही प्रसिद्ध तीर्थहरुको जल ल्याई पोखरी बनाउन लगाए ।

यसरी यो पोखरी बनाउन प्रताप मल्लले प्रशस्त परिश्रम गरेको तथा धेरै खर्च गरेको देखिन्छ । यस पोखरीमा देवतर्पण पितृतर्पण गर्यो भने यस शिलालेखमा लेखिएका तीर्थहरुमा स्नान गरेको फल मिल्छ भनेर पनि प्रताप मल्लले लेखिएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाइएको पोखरी भनी शिलालेखमा लेखिएको यस पोखरीको नाउँ शुरुमा रानीपोखरी थिएन ।

नयाँ बनेको हुनाले न्हुःपुखु अर्थात्नयाँ पोखरी नामले यो पोखरी प्रसिद्ध भयो । अहिलेसम्म पनि नेवारी भाषामा रानीपोखरीलाई न्हुःपुखु भन्ने चलन चलेर आइरहेको कुरा यस प्रसङ्गमा स्मरणीय छ । त्यसबेला काठमाडौँ शहरभन्दा ठ्याक्कै बाहिर यो पोखरी पर्दथ्यो । त्यसैले बाहिरबाट आएका राजाहरुलाई त्यही पोखरीमा गई स्वागत गरी हनुमानढोका दरबारमा ल्याई राखिन्थ्यो । वि.सं. १७४८ मा विजयपुरका राजा विधाताइन्द्र सेन काठमाडौँमा आउँदा काठमाडौँका राजा भूपालेन्द्र मल्ल न्हुःपुखुमा स्वागत गर्न गए भनी तात्कालिक ठयासफुमा लेखिएको छ । यी भूपालेन्द्र मल्ल प्रताप मल्लका नाति, पार्थिवेन्द्र मल्लका छोरा हुन् । यिनै भूपालेन्द्रकी रानी भुवनलक्ष्मीले यस पोखरीको जीर्णोद्वार गष्रेपछि यो पोखरी रानीपोखरीको नामले पनि पुकारिन थाल्यो र क्रमशः यो नाम प्रसिद्ध हुँदै पनि गयो ।

पोखरीको जग्गा मिचिँदै गएको र पोखरीमा हामफालेर आत्महत्या गर्ने क्रम पनि बढ्दै गएकोले श्री ३ जुद्धशमशेरको शासनकालमा रानीपोखरीको चारैतिर बार लगाइयो । रानीपोखरीमा रहेको ढुङ्गे हात्ती पनि प्रताप मल्लले नै राखेका हुन्। त्यस हात्तीमा ३ जना मानिस देखिन्छन् । हात्तीमा चढेका ३ जना क्रमशः प्रताप मल्ल, चक्रवर्तेन्द्र मल्ल र महीपतेन्द्र मल्ल हुन् भन्ने कुरा हात्तीको घाँटीमा कुँदिएको अभिलेखबाट थाहा हुन्छ । चक्रवर्तेन्द्र प्रताप मल्लका छोरा हुन् भन्ने कुरा माथि परिसकेको छ, त्यसै गरी महपतेन्द्र पनि प्रताप मल्लका छोरा हुन् । 

पोखरीको बीचमा यमलेश्वर महादेवको मन्दिर बनाई त्यस मन्दिरमा जाने पुल पनि प्रताप मल्लले बनाउन लाएका हुन् । यस मन्दिरको उत्तरपट्ट िरहेको नारायण मूर्तिको वि.सं. १७२६ माघको अभिलेखमा काशी छोडेर विश्वनाथ यहाँ बस्न आएका छन् भनी प्रताप मल्लले लेखाएका छन् ।

वि.सं. १७२६ माघको प्रताप मल्लको शिलालेखमा यही कुरालाई लक्ष्य गरेर विश्वनाथ काशीबाट यहाँ आए भनी लेखिएको हो । नेपालीहरु धर्मकर्म गर्न, पढ्न काशी गइरहन्थे । काशी जाँदा विश्व नाथको दर्शन गर्ने कुरा पनि उनीहरुको कार्यक्रममा पथ्र्यो । विश्वनाथ मन्दिर भत्काइएको खबरले खलबली मच्चिनु स्वभाविक थियो । तात्कालिक घटनावलीमा नेवारी भाषामा यो घटना टिपिएबाट पनि यो स्पष्ट हुन्छ । यसको ८ वर्षपछि वि.सं. १७३४ मा ललितपुर मङ्गलबजारमा पाटनका चौतारा (मुख्यमन्त्री) भगीरथ भैयाले । विश्वेश्वर मन्दिरको स्थापना गरी भयङ्कर यवनदेखि उद्विग्न भएका विश्वनाथ काशीबाट यहाँ आए भनी शिलापत्रमा लेखाएको कुरा यस प्रसङ्गमा स्मरणीय छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top