Wednesday, October 2, 2013

एक भयानक रहस्य (Bermuda Triangle) (बर्मुडा त्रिकोण)

2:47 AM


यो संसार विभिन्न किसिमको नसुल्भेmका धेरै कुराहरुले भरिएको छ । कतिपय सुल्भेmका कुराहरुलाइ मानिसहरुले ढाकछोप गरी आफ्नो फाइदाका लागि बनावटी कुराहरु फैलाउने गरिरहेको देखिन्छ । जसले गर्दा साधारण मानिसहरु अन्धविश्वासको भूमरीमा पर्न र शोष्णको शिकार बन्न गएको देखिन्छ । बर्मुडा त्रिकोण वा बर्मुडा ट्रैंगल (bermuda triangle) यस्तै एउटा विवाद र अन्धविश्वासमा मुछिएको ठाउँ हो । बर्मुडा त्रिकोण्लाइ भुतको त्रिकोण पनि भन्दछन् ।


यो त्रिकोण एटलान्टीक महासागरको पूर्व पश्चिममा पर्दछ, यसले ५० लाख वर्ग कि.मी. माइल समुद्र ओगटेको छ र यो त्रिकोणको चुचुरोहरुलाइ फ्लोरिडा, साञ्जोन, मिआमी र फ्युटो रिकोले घेरेको छ । यो किन यति कुख्यात र भयानक मानिन्छ?

यो त्रिकोण्मा धेरै हवाइजहाज र पानी जहाजहरुको दुर्घटना हुनुका साथै यी जहाजहरुको अवशेष नभेटिनु नै यसको कारण हो । साधारण मानिसहरुलाइ यस्तो कुराहरुले धेरै चिन्तित र व्याकुल बनाउनु स्वाभाविक हो तर यस्तो घटना बर्मुडा त्रिकोण्मा एकपटक मात्रै होइन, कैयौंपटक घटेको छ र घटिरहेको छ । साधारण मानिसहरुले यो त्रिकोणलाइ भूतको त्रिकोण वा दुर्भाग्यको त्रिकोण भनिरहेका छन् । कसैले भन्छन् यहाँ अन्य ग्रहको प्राणीहरुको सम्मेलन स्थान हो कसैले भने यो त्रिकोणमा पृथ्वीको चुम्बकीय शत्तिmको केन्द्र स्थान हो भन्छन् । यस्तो केन्द्र स्थान के हो भने दोश्रो विश्व युद्धको दौरानमा यु.एस.को साइकोल्पस नाम गरेको युद्ध जहाज ब्राजीलतिर गइरहेको थियो । बारबोड्स भन्ने ठाउँमा आउँदासम्म उत्तm जहाजको जानकारी छ । तर, त्यसपछि यो जहाज र यसमा रहेको कर्मचारी र यात्रुहरुको बारेमा अहिलेसम्म कुनै खबर छैन ।

भनाइ छ कि कुनै एउटा चुचुरोमा आएपछि दिशा निर्दरेशिकाले (compass) काम गर्न छाड्छ जस्तै कम्पासको सुइले उत्तर दिशा देखाउने ठाउँमा दक्षिण दिशा देखाउँछ । बर्मुडा त्रिकोणको खास कुनै नक्सा बनाइएको छैन । हालको केही घटनाहरुले यसको बारेमा विज्ञानसंग सम्बन्ध नभएको कुराहरु फैलाउन मद्दत पुर्याउँछ । सन् १९४५ मा पाइलट लेफ्टिनेन्ट चाल्सै केरोलले अमेरिकी वायु सेनाको Mig 4 नामको युद्ध विमान उडाउँदै यस क्षत्रमा आउँदा यो जहाज दुर्घटनाग्रस्त भयो र अमेरिकी जनसेनाले यसको खोज तलासी गर्दा कुनै पनि कारण र जहाजको अवशेष भेटिएन । यसैगरी १८०२ मा जहाजको अवशेष भेटिएन । यसैगरी १८०२ मा म्यारी सेलेस्टी नामक पानी जहाज दुर्घटनाग्रस्त भइ गायब भयो । तर, यसको अवशेषहरु दुइ वर्षपश्चात् पोर्चुगलको किनारामा भेटिएको थियो । १९४९ जनवरी १७ मा यात्रुवाहक हवाइजहाज स्टार टाइगर अनौठो रुपमा यो क्षत्रमा आउँदा गायब भयो । यसरी गायब हुने जहाजहरुमा मराइन सल्फर क्वीन, पोल स्टार, अमेरिकी नौ सेनाको लडाकु जहाज “अपरेशन रेड सेकेन्ड” इत्यादि हुन् ।

के यी सबै दुर्घटना अन्य ग्रहको जीवनहरुले घटाएको हुन सक्छ ? के विज्ञानले यसको कारण पत्ता लगाउन सकेको छैन ? विज्ञानको अर्को परिभाषा सत्य हो । विज्ञानले यो भन्छ कि “मैले सत्य मात्र देखाउँछु । तर, खुशी दिन सक्दैन ।” विज्ञानले यस क्षत्रमा पनि खोज र अनुसन्धान गरिसकेको छ । यति मात्र होइन बर्मुडा त्रिकोणमा घटेको सबै कारणहरु छर्लङ्ग परिदिएको छ ।

विज्ञानमा आधारित कुराहरु सत्य र ठोस हुन्छ। बर्मुडा त्रिकोणमा घटेको र घटिरहेको कुराहरुको मूलकारक तत्वलाइ तीन खण्डमा विश्लेषण गरेको छ।

१) भुइँचालो (earth quake) बर्मुडा त्रिकोणको तल्लो सतहमा पटक– पटक भइरहने भुइँचालोले पृथ्वीको चुम्बकीय क्षत्रमा केही समयका लागि असन्तुलन ल्याउने गर्छ तसर्थ पानी जहाज र उडिरहेको हवाइजहाजमा जडान गरेको कम्पास वा दिशा निर्देशिकाले गलत दिशा निर्देशन गर्छ, जसका कारण वायुयान र जलयानहरु दुर्घटनाग्रस्त भएको पाइन्छ । यी यानहरुको अवशेष नपाउनुको अर्को कारण भुइँचालोबाट निर्माण भएको खाडलभित्र उत्तm यानहरु फसेर गाडिएको हुनसक्छ ।

२) आँधी बहेरी (storm) बर्मुडा त्रिकोणमा भइरहने वायुमण्डलीय चापले गर्दा शत्तिmशाली आँधीबहेरी उत्पन्न हुन्छ जसले उत्तm दुर्घटनाहरु घटाउन अहं भूमिका खेलेको छ ।

३) मिथेन ग्याँस (methane gas) बर्मुडा त्रिकोण अवस्थित ठाउँको पानीमुनी प्रशस्त रुपमा मिथेन ग्याँस उत्पन्न भइरहेको छ । यो ग्याँस ज्वलनशील र मानिसको शरीरभित्र लागे खण्डमा आलस्य र बेहोसी हुन सकछ । यो ग्याँसको उत्पादन समुद्रमुनी कसरी भइरहेको छ भने समुद्रमुनी प्रशस्तरुपमा परेको जीवजन्तुको र विरुवाको अवशेषबाट बन्न जान्छ । यो ग्याँस धेरेमाथिसम्म जान सक्ने भएकाले हवाइजहाजलाइ पनि असर गर्दछ ।

४) कार्बन अक्साइड (carbondioxide) मिथेन ग्याँस उत्पन्न भए जस्तै कार्बनडाइअक्साइ ड ग्याँस पनि यहाँ ठूलो मात्रामा उत्पन्न भइरहेको छ । यसले पनि माथि उल्लेखनीय किसिमको प्रभाव पारेर दुर्घटना घटाउनमा जिम्मेवार छ ।

यी सबै वैज्ञानिक कुराहरुले हामीलाइ यो देखाइरहेको छ कि बर्मुडा त्रिकोणमा हुने भयानक खुर्घटना कुनै अन्य ग्रहको जीवले वा भूतप्रेतले घटाएको होइन ताकि प्रकृतिको केही प्रतिभासले गर्दा घटेको हो । यसबाट अवश्य पनि मुत्तm हुन सक्छौं, यसका लागि त्यो बाटोबाट हिँड्ने, पानी जहाज र हजाइजहाजमा त्यहाँ उत्पन्न हुने ग्याँस, भुइँचालो, आँधीबहेरी, इत्यादिबाट बच्ने खाले हुन्छ । जसले गर्दा गर्खा हजारौं मानिस तथा बर्मुडा त्रिकोणमाथि परेको बदनामबाट मुत्तm हुन्छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top