Wednesday, October 2, 2013

कृष्ण छिद्र (Black hole) को रहस्य

1:18 AM

हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ , जहाँ विभिन्न ग्रह , उपग्रह , तारा आदि छन् । राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन । ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत न्युक्लियर फ्युजन हो , जुन निरन्तर चलिरहन्छ । नाभिकीय प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने तापशक्ति आन्तरिक गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन पाउँदैन । नाभिकीय स्रोतको अन्तयसँगै तापशक्तिको मात्रा घट्दा गुरूत्वशक्तिको प्रभाव बढ्छ र ताराको आकार तीव्र रूपमा संकुचन हुन थाल्दछ । जसका कारणले परमाणुहरू एक अर्काको नजिक-नजिक हुदैँ जान्छन । यस्तो अवस्थामा पुगेको ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा कम भएमा ताराका परमाणुहरू एकअर्काको अत्यन्तै नजिकमा आइपुग्छन ।

परमाणुहरूको वरिपरि परिक्रमा गर्ने इलेक्ट्रोनहरू आफ्नो कक्षबाट उछिट्टिएर बाहिर जान्छन । यसरी उछिट्टिएका इलेक्ट्रोनहरूको चापले गुरूत्व प्रभावबाट भइरहेको संकुचनलाई सन्तुलन गर्दा ताराहरूमा एक प्रकारको स्थायित्व कायम हुन्छ । यस अवस्थामा पुगेको तारालाई ह्वाइट ड्वार्फ (White Dwarf) भनिन्छ । संकुचित ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा बढी भएमा तारामा रहस्यात्मक विष्फोट हुन्छ । विष्फोटपश्चात मुख्य ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 3 गुणाभन्दा कम भए पनि पहिलेको जस्तो गुरूत्व प्रभावलाई इलेक्ट्रोनको चापले रोक्न सक्दैन । यिनीहरूका परमाणु झन झन नजिकिंदा आन्तरिक चापमा बृद्धि भई इलेक्ट्रोन र प्रोटोन संयोजित हुन्छन र न्युट्रोनको सृष्टि हुन्छ । यसरी करिब 30 प्रतिशत भाग न्युट्रोनमा परिणत भएपछि गुरुत्वको संकुचन प्रभावलाई सन्तुलन गर्न सक्ने न्युक्लियर शक्ति उत्पन्न हुन्छ र संकुचन प्रक्रिया रोकिन्छ । यस प्रकारको तारालाई न्युट्रोन तारा (Neutron star) भनिन्छ । विष्फोटपश्चात अवशेष रहेको मुख्य भागको पिण्ड सूर्यको पिण्डको 3 गुणाभन्दा बढी भएमा गुरुत्व प्रभावबाट भएको संकुचनलाई अन्य कुनै शक्तिले रोक्न सक्दैन र तारामा निरन्तर संकुचन भइरहन्छ । विस्तारै ताराको आकार सानो हुँदै जाँदा यसको घनत्व बढ्दै जान्छ र गुरुत्वक्षेत्रको तीब्रता पनि बढ्दै जान्छ । यसरी ताराहरू आफ्नै पिण्डको गुरुत्व प्रभावले गर्दा खुम्चदै गर्छ । अन्त्यमा अति नै सुक्ष्म विन्दुमा समाहित भएर कृष्ण छिद्र (Black Hole) को निर्माण हुन्छ । सूर्यकोभन्दा 3 गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म विन्दुलाई विलक्षताको विन्दु (Point of Singularity) भनिन्छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top