Wednesday, October 2, 2013

सपना देख्नुको रहस्य

Posted by Unknown  
3:12 AM

सबै मान्छेले सपना देख्छन् । सपनामा अनुसन्धान गर्ने व्यक्तिहरू भन्छन् कि सपनाले जीवनमा कुनै न कुनै परिणामतर्फ संकेत गर्छ । यो सपना किन आउँछ ? यसको अर्थ के हो ? सपना हाम्रो चेतन वा अवचेतन मस्तिष्कको परिणाम हो वा स्वाभाविक ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ बेलायतको सिंथिया रिचमन्डले खोज्ने प्रयास गरेकी छन् र यो प्रयासमा उनले विश्वभर तीन प्रकारका सपना सबैभन्दा बढी देख्ने पत्ता लगाएकी छिन् ।

माकुरोको सपना: विश्वका हरेक कुनाका मान्छेले सपनामा माकुरा देख्छन् । सपनामा माकुरा देख्नुको पछाडि यो मानिन्छ कि त्यो व्यक्ति कुनै न कुनै काम पूरा गर्न प्रयास गरिरहेको छ । जसरी माकुरोले आफ्नो जालो बनाउँछ, त्यस्तै त्यो व्यक्ति आफ्नो काम पूरा गर्न चलखेलमा लागिरहेको हुन्छ । यसबाट व्यक्तिको योजना सफल वा असफल हुने कुरा थाहा पाइन्छ ।

पछ्याएको सपना: धेरैजसोले देखिरहेकै सपना हो कसैले पछ्याइरहेको । सपनामा यदि कसैले पिछा गरिरहेको छ भने ‘तपाईं कुनै पनि ठूलो विषय वा व्यक्तिलाई महत्त्व दिइराख्नुभएको छैन’ भन्ने बुझ्नुपर्छ । बोस्टनस्थित साइको थेरापिस्ट रिचर्ड निकोलेटीको अनुसार यो सपनाको अर्थ ‘व्यक्ति आफ्नो ‘इमोसन’सँग भागिरहेको छ’ भन्ने लाग्छ ।

आफूलाई निःवस्त्र हेर्नु: यस्तो सपनाले सरम लाग्नुतर्फ संकेत गर्दैन । यसको पछाडि कुनै ठोस कारण हुन्छ जसलाई ध्यान दिनु आवश्यक हुन्छ । अर्थात् यस्तो सपनाले हामीलाई धेरै सूक्ष्म कुरातर्फ संकेत गर्छ । यो यस्तो सपना हो जो पूरै विश्वका हरेक व्यक्ति हरेक उमेरमा कहिलेकाहीं अवश्य देख्ने गर्छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top