Wednesday, October 2, 2013

भूत-प्रेतको रहस्य | साच्चै हुन्छ त भूत-प्रेत ?

Posted by Unknown  
3:46 AM

भूतप्रेत धोकाका रूपमा देखिन्छ र त्यसमा मानवीय लक्षणको अभाव हुन्छ । त्यो हावा जस्तो हुन्छ जसलाई हातले छुन सकिदैन ।कुनै मानिसको भूत वायवी हुन्छ जसलाई देख्न सकिन्छ र कहिलेकाहिं कुनै बिशेष चाल या कुरा सुन्न सकिन्छ। यहाँ हामि रेवरेन्ड 'डा. हेरिस'को भूतको उदाहरण दिनेछौं जो उनको मृत्यु पश्चात 'एथिनियम लाईव्रेरी'मा आउने गर्थ्यो ।

प्रख्यात अमेरिकी उपन्यासकार 'हार्थन' धेरैजसो अध्ययन र शोधकार्यका लागी उक्त लाईव्रेरीमा जाने गर्थे ।उनले 'डा. हेरिस'को भूतलाई त्यहाँ देखेका थिए ।उनले यो थाहा पाए कि 'डा. हेरिस' जुन कुर्सीमा बसेर उनको प्रिय पत्रिका बोस्टन पोष्ट पढ्थे; उनको भूत पनि त्यही कुर्सीमा बस्थ्यो ।

सुरुमा 'हार्थन'लाई 'हेरिस' मरिसके भन्ने थाहा थिएन त्यसैले उनी त्यो भूतलाई मनुष्य ठान्थे । जब उनका एक मित्रले 'हेरिस'को मृत्यु भईसकेको सुनाए तब उनि अचम्भित भए । यसो बिचार गर्दा 'डा. हेरिस'का परिचित तथा नजिकका साथी समेत उक्त भूतसँग कुरा गर्दैनन् ।एक त लाईव्ररीको नियमले लाईव्रेरीमा बोल्न पाईदैनथ्यो तर लाईव्रेरीवाट बाहिर निस्किएपछि पनि कोहि बोल्दैनथ्यो।
मैलो लुगा लगाएको भूतको उदाहरण पनि रोचक छ । यो भूत क्वीन एनी र भिक्टोरिया कालमा लगातार देखिएको थियो ।इतिहासकार तथा नाट्यआलोचक डब्ल्यू. जे. मक्क्वीन पोपले यो भूतलाई अनेक पटक देखे र त्यो ब्यक्तिको चिनारी खोज्ने प्रयत्न गरे ।यो भूत धमिलो रंगको थियो ।कुल मिलाएर यो निर्णयमा पुगे कि यो कुनै यस्ता अभिनेताको भूत हो जो कुनै बिशेष दृश्यका निम्ति धमिलो रंगको लुगा लगाउँथे ।यो भूत लण्डनको डूरी लेनमा रहेको थिएटर रोयलमा २०० भन्दा धेरै बर्षसम्म देखिरह्यो ।यो स्पष्ट थियोकि भूतको त्यो थिएटरसँग कुनै बिशेष नाता थियो ।

धेरैजसो यस्तो हुन्छ कि हामी कुनै बिशेष ब्याक्ति स्थान या बस्तुसँग धेरै जोडिन्छौं तब हाम्रो शरीरको अवशानपछि पनि हाम्रो आत्मा त्यो ब्यक्ति स्थान या बस्तुको वरिपरि भौतारीरहन्छ । यो एक स्वतः सिद्ध सिद्धान्त हो कि आत्मा कहिल्यै मर्दैन केवल हाम्रो शरीर मात्र मर्छ जब त्यसमा प्राण हुँदैन ।यो सहि हो कि कसैलाई थाहा छैन कि आत्मा कहाँ जान्छ या कसरी रहन्छ तर आत्माको अमरताको सिद्धान्त सबै धर्म र नैतिकताको आधारभुत सिद्धान्त हो ।जब यो आत्माले एक आकार धारण गरि आफ्ना प्रिय बस्तुको नजिकै आउँछ तब हामी त्यो छायाँलाई नै भूत भन्छौं ।

भूतको बारेमा आफ्ना कुरा सक्नुभन्दा पहिले हामि भूतप्रेतमतिभ्रमको अन्तर स्पष्ट पारौं ।

कुनै बाहिरि प्रेरकको अभावमा जब हामिले कुनै कुरा देख्छौं तब त्यसलाई हामि मतिभ्रम भन्छौं ।यो यस्तो मानसिक स्थितिको द्योदक हो जुन भावनाको असामान्य अतिरेकबाट उत्पन्न हुन्छ ।यसमा कुनै एक भावना प्रवल हुनसक्छ जस्तो - भय क्रोध या प्रेम या एक भन्दा बढी भावनाको मिश्रणले पनि मतिभ्रम उत्पन्न गर्न सक्छ ।

एक नर्भस गृहणी बरण्डा या कोठामा चोरको चाल सुनेर धेरै जसो उठेर बस्नेछिन् । शेक्सपियरको म्याकवेथ नाटकमा म्याकवेथको दिमागमा रगतले लतपत भएको एक खन्जर यति स्पष्ट छ कि त्यसले मतिभ्रम उत्पन्न गरिदिन्छ र उनको मनमा डर भरिदिन्छ।

यसको बिपरित जब हामि कुनै भूत-प्रेतलाई देख्छौं तब हामीसमक्ष कुनै कुरा हुन्छ त्यसलाई अरु मानिसले पनि देख्न सक्छन् र यो हाम्रो इच्छाबिना नै बारम्बार देख्न सक्छौं ।

मतिभ्रम पुर्ण रूपमा ब्यक्तिनिष्ठ हुन्छ अरु मानिसले त्यसलाई देख्न सक्दैनन् । त्यसैले हामिले मतिभ्रम र भूत- प्रेतमा अन्तर गर्नुपर्छ र यी दुवैलाई अलग अलग बिषयका रूपमा बुझ्नुपर्छ ।

यहाँ हामि भूतप्रेतको बिषयलाई निम्न उद्दरणका साथ आफ्नो कुरा समाप्त गर्छौं - "बितेका १०० बर्षमा ब्रिटिश सोसाईटी फर साईकिकल रिसर्च र अन्य संस्थाद्वारा गरिएका अनेकौं अध्ययनका आधारमा - 'के भूत-प्रेतको अस्तित्व छ?' भन्ने आदिम प्रश्नको जबाफ 'छ' मा दिन सकिन्छ । भूतप्रेतको अस्तित्वको अनुभव गर्ने सैयौं सम्मानित मानिसहरूको साक्ष्यलाई आत्मभ्रम, झुठ या मिथ्या भनेर रद्द गरिदिनु एक दुराग्रह मात्र हुनेछ ।"

प्रस्तुत लेख 'विश्व-प्रसिद्ध अनौठा रहस्य' (सं. बिनिता पौडेल) बाट साभार गरिएको हो । कृपया प्रतिकृया व्यक्त गर्नुहोला ।

रानीपोखरीको रहस्य

Posted by Unknown  
3:41 AM

रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।

प्रताप मल्ल काठमाडौँमा प्रसिद्ध राजा हुन् । उनले काठमाडौँलाई सिगार्न धेरै काम गरेका छन् । उनले राखेका कीर्तिहरुमध्ये रानीपोखरी पनि एउटा हो । यो पोखरी बनाउन लगाई प्रताप मल्लले राख्न लगाएको एउटै बेहोराको शिलालेख तीन ठाउँमा भेटिएको छन् । वीर अस्पतालको क्याम्पसभित्रको पूर्वतिरको पर्खालनिरको शिलालेख, राष्टिय नाचघरको ढोकाको भित्तामा टाँसिएको शिलालेख र सतोदरबारभित्रको शिलालेख गरी तीन ठाउँमा भेटिएका शिलालेख एकै बेहोराका छन् । सुरुमा कालिकालाई नमस्कार र राजाको प्रशस्ति संस्कृति भाषामा, अन्समा यस कीर्तिको नाश गरे पाल लाग्ला, रक्षा गरे पुण्य होला भन्ने कुरा र मिति नेवारी भाषामा दिइएको छ । यसबाहेक सम्पूर्ण यो शिलालेख नेपाली भाषामा छ । यताबाट मल्लकालमा काठमाडौँमा नेपाली भाषाको प्रयोग राम्ररी हुन्थ्यो र प्राचीनकालदेखि विशाल रुपमा रहेको नेपाल टुक्रँदै गए पनि एक ढको एकताको सन्देश कताकता प्रवाहित भइरहेको थियो भनेर बुझ्न सकिन्छ ।

दिवङ्गत छोरा चक्रवर्तेन्द्र मल्लको पुण्यवृद्धिको लागि वि.सं. १७२७ मा प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका हुन् । चक्रवर्तेन्द्र मल्ल प्रताप मल्लका मन परेका छोरा हुन्। उनी कडा बिरामी हुँदा प्रताप मल्लले उनलाई राजा घोषणा गरी उनको नाममा टकसमेत छापिदिएका थिए चक्रवर्तेन्द्र मल्लको मृत्यु वि.सं. १७२६ मा भयो । उनको मृतयु भएपछि प्रताप मल्लको मनमा ज्यादै चोट पर्यो । आफ्नो चोटलाई शान्त गर्न र दिवंगत छोराको उद्धार होस् भनी प्रताप मल्लले चक्रवर्तेन्द्रको नाममा पोखरी बनाउन लगाए । आफूले शास्त्र हेर्दा यस्तो काम गरे पुण्य हुने हुनाले मैले यो काम गरेको हुँ भनी प्रताप मल्लले शिलालेखमा लेखाएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाएको यसपोखरीमा गङ्गा आदि तीर्थको जल राखिएको छ भनी यहाँ लेखिएको छ । वाराणसी, वैद्यनाथ, गङ्गासागर, मुक्तिक्षेत्र, सरयू, सप्तकाशी, सप्तगण्डकी, बरहाक्षेत्र आदिको जल यस पोखरीमा राखिएको कुरा यस शिलालेखमा परेको छ ।

यसको साथै काठमाडौँ वरपरका शङ्कमूल, रौदह, गोकर्ण, टेकुदोभान आदिको जल ल्याएर यहाँ राखिएको बयान परेको छ। बाग्वतीको जल १०६४१ भारी, गोसाईँकुण्डको जल ६३ भारी यस पोखरीमा हालिएको छ भनेर
पनि शिलालेखमा लेखिएको छ । प्रताप मल्ल आफू स्वयं लेखपढ गर्ने स्वभावका थिए। यसैले उनले शास्त्र पल्टाई हेर्दा पोखरी बनाएका खण्डमा असङ्ख्य पुण्य होला भन्ने उनलाई लाग्यो र नेपालका प्रसिद्ध तीर्थहरुको साथै भारतका केही प्रसिद्ध तीर्थहरुको जल ल्याई पोखरी बनाउन लगाए ।

यसरी यो पोखरी बनाउन प्रताप मल्लले प्रशस्त परिश्रम गरेको तथा धेरै खर्च गरेको देखिन्छ । यस पोखरीमा देवतर्पण पितृतर्पण गर्यो भने यस शिलालेखमा लेखिएका तीर्थहरुमा स्नान गरेको फल मिल्छ भनेर पनि प्रताप मल्लले लेखिएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाइएको पोखरी भनी शिलालेखमा लेखिएको यस पोखरीको नाउँ शुरुमा रानीपोखरी थिएन ।

नयाँ बनेको हुनाले न्हुःपुखु अर्थात्नयाँ पोखरी नामले यो पोखरी प्रसिद्ध भयो । अहिलेसम्म पनि नेवारी भाषामा रानीपोखरीलाई न्हुःपुखु भन्ने चलन चलेर आइरहेको कुरा यस प्रसङ्गमा स्मरणीय छ । त्यसबेला काठमाडौँ शहरभन्दा ठ्याक्कै बाहिर यो पोखरी पर्दथ्यो । त्यसैले बाहिरबाट आएका राजाहरुलाई त्यही पोखरीमा गई स्वागत गरी हनुमानढोका दरबारमा ल्याई राखिन्थ्यो । वि.सं. १७४८ मा विजयपुरका राजा विधाताइन्द्र सेन काठमाडौँमा आउँदा काठमाडौँका राजा भूपालेन्द्र मल्ल न्हुःपुखुमा स्वागत गर्न गए भनी तात्कालिक ठयासफुमा लेखिएको छ । यी भूपालेन्द्र मल्ल प्रताप मल्लका नाति, पार्थिवेन्द्र मल्लका छोरा हुन् । यिनै भूपालेन्द्रकी रानी भुवनलक्ष्मीले यस पोखरीको जीर्णोद्वार गष्रेपछि यो पोखरी रानीपोखरीको नामले पनि पुकारिन थाल्यो र क्रमशः यो नाम प्रसिद्ध हुँदै पनि गयो ।

पोखरीको जग्गा मिचिँदै गएको र पोखरीमा हामफालेर आत्महत्या गर्ने क्रम पनि बढ्दै गएकोले श्री ३ जुद्धशमशेरको शासनकालमा रानीपोखरीको चारैतिर बार लगाइयो । रानीपोखरीमा रहेको ढुङ्गे हात्ती पनि प्रताप मल्लले नै राखेका हुन्। त्यस हात्तीमा ३ जना मानिस देखिन्छन् । हात्तीमा चढेका ३ जना क्रमशः प्रताप मल्ल, चक्रवर्तेन्द्र मल्ल र महीपतेन्द्र मल्ल हुन् भन्ने कुरा हात्तीको घाँटीमा कुँदिएको अभिलेखबाट थाहा हुन्छ । चक्रवर्तेन्द्र प्रताप मल्लका छोरा हुन् भन्ने कुरा माथि परिसकेको छ, त्यसै गरी महपतेन्द्र पनि प्रताप मल्लका छोरा हुन् । 

पोखरीको बीचमा यमलेश्वर महादेवको मन्दिर बनाई त्यस मन्दिरमा जाने पुल पनि प्रताप मल्लले बनाउन लाएका हुन् । यस मन्दिरको उत्तरपट्ट िरहेको नारायण मूर्तिको वि.सं. १७२६ माघको अभिलेखमा काशी छोडेर विश्वनाथ यहाँ बस्न आएका छन् भनी प्रताप मल्लले लेखाएका छन् ।

वि.सं. १७२६ माघको प्रताप मल्लको शिलालेखमा यही कुरालाई लक्ष्य गरेर विश्वनाथ काशीबाट यहाँ आए भनी लेखिएको हो । नेपालीहरु धर्मकर्म गर्न, पढ्न काशी गइरहन्थे । काशी जाँदा विश्व नाथको दर्शन गर्ने कुरा पनि उनीहरुको कार्यक्रममा पथ्र्यो । विश्वनाथ मन्दिर भत्काइएको खबरले खलबली मच्चिनु स्वभाविक थियो । तात्कालिक घटनावलीमा नेवारी भाषामा यो घटना टिपिएबाट पनि यो स्पष्ट हुन्छ । यसको ८ वर्षपछि वि.सं. १७३४ मा ललितपुर मङ्गलबजारमा पाटनका चौतारा (मुख्यमन्त्री) भगीरथ भैयाले । विश्वेश्वर मन्दिरको स्थापना गरी भयङ्कर यवनदेखि उद्विग्न भएका विश्वनाथ काशीबाट यहाँ आए भनी शिलापत्रमा लेखाएको कुरा यस प्रसङ्गमा स्मरणीय छ ।

तारा चम्किनुको रहस्य

Posted by Unknown  
3:35 AM

रातको समयमा सफा आकाशतिर हेर्नुहोस् , तपाई ताराहरू चम्किरहेका देख्नुहुन्छ । झिम्झिम् गर्दै चम्किरहेका तारा देख्दा तपाई हामीलाई लाग्ने गर्छ - ताराहरू झिमझिमाउदा रहेछन् तर यथार्थमा त्यस्तो हुदैन । वास्तवमा हामीले देख्ने गरेको दृश्य तारा झिमझिमाएको नभई पृथ्वीको वायुमण्डलका कारण पैदा हुने प्रभावले गर्दा उत्पन्न दृश्य मात्र हो । पृथ्वीको वायुमण्डलमा विभिन्न तहहरू हुन्छन् । प्रत्येक तहका वायु आ -आˆनै गतिमा र विभिन्न दिशामा फन्को मारिरहेका हुन्छन् ।

त्यसरी फन्को मारिरहेका वायुको तापक्रम पनि वायुमण्डलको तहैपिच्छे फरक फरक हुन्छन् । त्यसबाहेक प्रत्येक तहमा हुने वायुको घनत्व पनि तहपिच्छे नै फरक फरक हुन्छन् । हामीले राति आकाशमा देख्ने गरेका तारा पृथ्वीबाट करोडौँ अरबौँ माइल पर रहेका हुन्छन् । त्यति पर रहेका ताराहरूबाट निस्किएको प्रकाश हामीले वायुमण्डलका ती विभिन्न तहहरूबीचबाट हाम्रा नाङ्गो आखाले देखिरहेका हुन्छौ । त्यसरी ताराबाट निस्किएको प्रकाश हाम्रो आखासम्म आइपुग्दा पृथ्वीका चलायमान र फन्को मारिरहेका वायुको तहबीचबाट गुजि्रएर वायुमण्डलका विभिन्न तहहरूको वायुको गति र तापक्रमसागै ठाउ ठाउमा जथाभावी खुम्चिने गर्छ ।

त्यसले गर्दा सुदुर आकाशमा रहेका ताराहरू केही चलिरहेका छन् र चम्किरहेका छन् भन्ने भ्रम हाम्रो आखालाई पर्न जान्छ । यसरी पृथ्वीको वायुमण्डलका कारण सिर्जना हुने भ्रमपूर्ण दृश्यका कारण हामीलाई आकाशमा रहेका ताराहरू झिम्झिम् गर्दै चम्किरहेको भान हुन्छ । अन्तरिक्षबाट हेर्दा भने ताराहरू झिम्झिमाएको देखिदैन , तिनीहरू स्थिर ढङ्गले चम्किरहेका देखिन्छन् । यसो हुनुको कारण अन्तरिक्षमा वायुमण्डल नहुनु नै हो ।

जूनकिरी चम्किनुको रहस्य

Posted by Unknown  
3:31 AM

सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्तिप्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन ।

बत्ती बाल्नको लागिप्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् । यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ ।

जूनकिरीहरू विपरित लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।

जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ । वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ।

एभ्रिपोसका रहस्यमय ज्वारभाटा

Posted by Unknown  
3:27 AM

ग्रीसको पूर्वी भागमा, खाल्कीस शहर नजिकै एउटा साँघुरो भूभागले मुख्य भूमिबाट इभोया टापुलाई छुट्याउँछ। यो एभ्रिपोसको नहर हो। यो आठ किलोमिटर लामो छ। यसको चौडाइ १.६ किलोमिटरदेखि कुनै-कुनै ठाउँमा ४० मिटर मात्र पनि छ। यसको गहिराइ कम्तीमा पनि छ मिटर छ। एभ्रिपोस नाउँको अर्थ “तीक्ष्ण धार” हो। यसले पानीको तीव्र बेगलाई राम्ररी वर्णन गर्छ। यसको गति प्रायजसो प्रति घण्टा झण्डै २० किलोमिटरसम्म पुग्छ।

तथापि, अचम्मको कुरा के हो भने, कहिलेकाहीं पानीको धार उल्टातिर फर्कने वा पानी बग्नसमेत ठप्पै हुन्छ! खाल्कीसमा आउने थुप्रै आगन्तुकहरू ज्वारभाटाको यस्तो अनौठो स्वभाव हेर्न यो नहरमाथिको सानो पुलमा भेला हुन्छन्। समुद्रमा सूर्य र चन्द्रमाको असरले गर्दा ज्वारभाटा उत्पन्न हुने गर्छ। यसकारण, सूर्य र चन्द्रमाको तुलनामा पृथ्वीको स्थानले गर्दा ज्वारभाटामा परिवर्तन भइरहन्छ। औंसीको बेला सूर्य र चन्द्र, पृथ्वीको एकैतिर पर्छन्। पूर्णिमाको बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ। दुवै अवस्थामा सूर्य र चन्द्रले असर गर्छ अनि एकदमै ठूलो ज्वारभाटा निस्कन्छ।

एभ्रिपोसमा प्रायजसो हरेक २४ घण्टाको अन्तरालमा दुइटा उच्च ज्वारभाटा र दुइटा निम्न ज्वारभाटा हुन्छन्। यसको बहाउ एउटा दिशातिर ६ घण्टा १३ मिनेट हुन्छ, एकछिन रोकिन्छ र फेरि विपरीत दिशामा फर्केर बहन थाल्छ। यसले चन्द्रमासअनुसार २३, २४ दिनको लागि यस्तै चक्र गर्छ।

तथापि, महिनाको अन्तिम चार, पाँच दिनमा भने अनौठा घटनाहरू हुन थाल्छन्। कुनै-कुनै दिन नहरको बहाउमा केही पनि परिवर्तन हुँदैन। अरू दिनमा भने दिनमा १४ पटकसम्म दिशा परिवर्तन हुन सक्छ!

अनौठो अवस्था वर्णन गर्ने प्रयास एभ्रिपोसको अनौठो स्वभावल अवलोकनकर्ताहरूलाई छक्कै पारेको हजारौं वर्ष भइसक्यो। लोकप्रिय परम्पराअनुसार कस्तो भनाइ छ भने, सा.यु.पू. चौथो शताब्दीका अरस्तु ज्वारभाटाको रहस्य सुल्झाउन नसकेर यो नहरमा हामफालेका थिए। वास्तवमा भन्ने हो भने, तिनी त्यहाँ डुबेका होइनन् तर मिटियोरोलजिकल भन्ने पुस्तकमा तिनले ज्वारभाटाको रहस्य बुझाउने प्रयास गरे। तिनले यस्तो लेखे: “वरपरको जमिनले गर्दा बीचको साँघुरो बाटो भएर समुद्र बगेझैं देखिन्छ। साथै जमिन हल्लिने हुँदा ठूलो ठाउँबाट सानो ठाउँतिर पानी बग्छ।” अरस्तुले त्यो ठाउँमा धेरै भुइँचालो जाने हुँदा समुद्रको छाल सँगसँगै जमिनै हल्लिन्छ भन्ने गलत सोचाइ राखेका थिए। तर लगभग एक शताब्दीपछि युनानी खगोलविद् एराटोस्थेनिसले “[नहरको] दुवै छेउमा समुद्रको सतह फरक फरक हुन्छ” भनेर बुझेका थिए। तिनले पानीको दुई किनाराको उँचाइ फरक-फरक भएकोले धार उत्पन्न भएको हुनुपर्छ भन्ने सोचाइ राखे।

अहिले पनि एभ्रिपोसको ज्वारभाटाको अनियमितता राम्ररी बुझ्न सकिएको छैन। तर कुन कुरा स्पष्ट छ भने,
नहरको दुई छेउको पानीको सतहको भिन्नताले गर्दा नियमित तवरमा धार उत्पन्न हुन्छ। यसले गर्दा अग्लो ठाउँबाट पानी तल्लो सतहतिर बग्छ। यो भिन्नता ४० सेन्टिमिटरसम्म हुन सक्छ र खाल्कीसको पुलबाट छर्लंग्गै देख्न सकिन्छ।

किन यस्तो भिन्नता?
पानीको सतहमा यस्तो भिन्नता कसरी वर्णन गर्न सकिन्छ? पूर्वीय भूमध्य सागरबाट ज्वारभाटाको रूपमा आएको पानी इभोया टापुमा पुगुन्जेल दुई भागमा छुट्टिन्छ। पश्चिमी भाग, नहरको दक्षिणी छेउतिर बग्छ। तथापि, पूर्वीय भाग भने टापुको एक फन्को लगाइसकेपछि मात्र उत्तरतिरबाट नहरमा प्रवेश गर्छ। यो लामो मार्गले गर्दा पूर्वीय नदी एभ्रिपोसमा पुगुन्जेल सवा एक घण्टा ढिलो भइसकेको हुन्छ। यस्तो अवस्थामा समुद्री सतह र फलस्वरूप नहरको एउटा छेउको पानीको चापभन्दा अर्को छेउको चाप बढी हुन सक्छ। यस्तो बढी चापले गर्दा एभ्रिपोसमा बग्ने ज्वारभाटाको धार अझ तीव्र हुन्छ।

तर अनियमित धारहरू नि?
चन्द्रमाको पहिलो र अन्तिम चतुर्थांशको बेला अझ बढी शक्ति प्रदान गर्नुको साटो चन्द्रमा विरुद्ध सूर्यको गुरुत्वाकर्षण बढी हुन्छ। चन्द्रमाले गर्दा निम्न ज्वारभाटा भइरहेको बेला सूर्यले उच्च ज्वारभाटा उत्पन्न गर्न खोजिरहेको हुन्छ। परिणामस्वरूप, यस्तो अवस्थामा नहरको उत्तरी र दक्षिणी छेउका समुद्री सतहबीचको अन्तर कम मात्र हुन्छ। तसर्थ, धारको शक्ति कम हुन्छ। कहिलेकाहीं भने हावा चल्दा धार पूर्णतया सामान्य भएर ठप्पै बन्द हुन्छ। निस्सन्देह, यो धारको अस्पष्ट, रहस्यमय स्वभावबारे बताउन सकिने अझ थुप्रै कुराहरू छन्।

तपाईं कुनै दिन ग्रीसमा पुग्नुभयो भने इभोयामा आफैले एभ्रिपोसको रोमाञ्चकारी ज्वारभाटा अवलोकन गर्नुहोस्!

रहस्यमय मौसम बिपरितको झरना

Posted by Unknown  
3:20 AM

विश्वमा कैयौं झरनाहरू छन् तर सबै झरना मौसमप्रति अनुकुल हुन्छन् । यानकि गर्मी मौसममा गरम र जाडो मौसममा ठण्डा पानी बग्ने मात्र झरना हामिलाई थाहा छ । तर प्रकृतिको बिचित्रपन झल्कने एक यस्तो झरना छ जसको बारेमा बिश्वास गर्न जो कोहीलाई मुस्किल पर्छ ।

इटालीको 'आरमिआ' नजिक रहेको यो झरनामा हिउँदको जाडो याममा बाफ उडिरहेको तातो पानी बग्दछ तर गर्मी मौसममा भने यो झरनामा हिउँ जत्तिकै चिसो पानी आउँने गर्छ ।

Proudly Powered by Blogger.
back to top