Wednesday, October 2, 2013

हामीलाई ज्वरो आउनुको रहस्य

Posted by Unknown  
1:27 AM


ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । तर ज्वरो कसरी आउँछ त ?हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्नथाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन ।


एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ । यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन । यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ ।

शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top