Wednesday, October 2, 2013

जूनकिरी चम्किनुको रहस्य

Posted by Unknown  
3:31 AM

सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्तिप्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन ।

बत्ती बाल्नको लागिप्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् । यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ ।

जूनकिरीहरू विपरित लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।

जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ । वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top